
३१भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो।
शुक्रबार ११ बजे सचिवालय बैठक बस्नेछ । बैठक पेरिस डाँडाँमा बस्ने स्रोतको दाबी छ ।
नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो।
स्थायी कमिटी बैठकबाट प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठक पूर्व माओवादीको पार्टी कार्यालयमा नेकपा सचिबालय बैठक बोलाइएको छ ।
यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।
प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार