३१भदौ, रोल्पा । लुंग्री गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४४ जना नेता कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

मंगलबार एमाले लुंग्री गाउँपालिकाले आयोजना गरेको पार्टी प्रवेश तथा बैठकमा मदन गिरीको नेतृत्वमा उनीहरु प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, राष्ट्रिय जनमाेर्चा र राप्रपाका नेता तथा कार्यक्रताहरु रहेका छन् ।

नव प्रवेशी कार्यकर्तालाई एमाले लुम्बिनी प्रदेश सचिवायल सदस्य कुमार दसौदी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य इश्वरी जिएम, एमाले रोल्पाका जिल्ला  अध्यक्ष बालराम बुढाले टिकालगाई स्वागत तथा सदस्यता प्रदान गरेको थिए ।