एमाले सुनछहरी गाउँपालिकाकाे भेला सम्पन्न

३१भदौ, रोल्पा । नेकपा (एमाले)ले सुनछहरी गाउँपालिकाको भेला बुधबार सम्पन्न भएको छ ।

एमाले सुनछहरी गाउँपालिका संगठन कमिटिका अध्यक्ष तिर्थबहादुर बुढाथोकीको अध्यक्षतामा भएको भेलामा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य कुमार दसौदी प्रमुख आथित्यता र एमाले रोल्पाका जिल्ला अध्यक्ष बालराम बुढा, लुम्बिनी प्रदेश कमिटि सदस्य इश्वरी जिएम विषेश आथित्यता रहेको थियो ।

बुधबार सम्पन्न भेलाले गाउँपालिका स्तरीय विभिन्न जनवर्गीय संगठनको संगठन निर्माण तथा जिम्मेवारी बाडँफाड गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल, सुनछहरी गाउँपालिकाको इन्चार्जमा पविन्द्र विष्ट र सह–इन्चार्जमा हर्कबहादुर घर्तीमगरलाई जिम्मेवारी दिएको छ । भने युवराज बुढामगरलाई संयोजक र कुमार घर्तीमगरलाई सह–संयोजकमा चयन गरेको छ ।

युर्थ फोर्सको संयोजक पुरण पुनमगर र सह–संयोजकमा पुर्ण बुढामगरलाई जिम्मेवारी दिएको छ ।

खेलकुद महांसंघमा बेगम थापामगर संयोजक र शंकर वि.क. सह–संयोजकमा चयन गरेको छ ।

त्यसैगरी प्रेस चौतारी सुनछहरी गाउँपालिकाको संयोजकको जिम्मेवारी तिलक घर्तीमगरलाई दिएको छ । भने सह–संयोजक र सचिवको जिम्मेवारी तेशन घर्तीमगर र लोकेन्द्र रोकामगरलाई दिएको छ ।

अखिल नेलाप किसान महांसंघको संयोजकको जिम्मेवारी हर्कबहादुर विष्टलाई दिएको छ । भने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिम्मेवारी हस्तवीर रोकामगरलाई दिएको एमाले सुनछहरीले जनाएको छ ।

 

भेलामा एमाले लुम्बिनी प्रदेश सदस्य जयप्रकाश बुढामगर, रोल्पा जिल्ला निर्वाचन कमिटि संयोजक तथा लुम्बिनी प्रदेश सदस्य खिमचन्द्र पुनमगर, एमाले सुनिलस्मृति गाउँपालिका संगठन कमिटि संयोजनक दिपक विष्ट, अनेरास्ववियुका केन्द्रिय सदस्य भीमा डाँगी लगायतका अन्य नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो ।

याे पनि

एमाले सुनछहरी गाउँपालिकाको अध्यक्षमा मनबहादुर घर्ती चयन

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस