३१भदौ, रोल्पा । नेकपा (एमाले) सुनछहरी गाउँपालिकाको अध्यक्षमा मनबहादुर घर्ती चयन भएका छन् ।

बुधबार भएको एमाले सुनछहरी गाउँपालिका स्तरीय भेलाले घर्तीलाई अध्यक्षमा चयन गर्दै ५५ सदस्यी कमिटि गठन गरेको हो । जसको सचिवमा वीरबहादुर विष्ट रहेका छन् ।

उपाध्यक्ष र उप–सचिवमा पछि थप गरिने एमाले सुनछहरी गाउँपालिकाले जनाएको छ । कमिटिको सदस्यहरुमा लालमणी खत्री, प्रशुराम पुनमगर, हर्कबहादुर घर्तीमगर, मोतबहादुर घर्तीमगर लगायतका अन्य सदस्यहरु रहेका छन् ।

भेलामा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य कुमार दसौदी, एमाले रोल्पाका जिल्ला अध्यक्ष बालराम बुढा, लुम्बिनी प्रदेश कमिटि सदस्य इश्वरी जिएम, आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव जयप्रकाश बुढामगर लगायतका नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता तिर्खबहादुर बुढाथोकीले गरेका थिए ।