आज असाेज १ गते बिहीबार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७, असोज १ गते बिहीबार

मेषः दिन राम्रो रहनेछ । शत्रु परास्त हुनेछन् । आटे ताकेको काम बन्नेछ । आतमबल वृद्धि हुनेछ । मुख्य काम हात लाग्नेछ ।

वृषः दिन मध्यम रहनेछ । मनमा केही चिन्ता थपिन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ ।

मिथुनः दिन नितान्त प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । कामप्रति सचेतताको खाँचो रहनेछ ।

कर्कटः दिन उत्तम रहनेछ । बुद्धि विवेक सार्थक रहनेछ । कामकाज र जागिरमा सफलता मिल्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ ।

सिंहः दिन मध्यम रहनेछ । आर्थिक मामिलामा निकै सचेत रहनु पर्नेछ । बोलीवचन पनि कडा हुनेछ । धैर्य गर्नु बेस हुनेछ ।

कन्याः दिन भाग्योदयकारक रहनेछ । पढाइ लेखाइमा मन जानेछ । महत्वपूर्ण काम हात पर्नेछ उपयुक्त निर्णय गरिनेछ । पराक्रम बढ्नेछ ।

तुलाः दिन नितान्त प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । काममा व्यवधान आउनेछ । बढी जोखिममूलक काम नगर्नु बेस हुनेछ ।

वृश्चिकः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । आयआर्जन बढ्नेछ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ । विद्यामा प्रगति हुनेछ ।

धनुः दिन राम्रो रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ ।

मकरः दिन सन्तोषजनक छैन । आध्यात्मिक क्षेत्रमा सफलता पाउन निकै मुश्किल पर्नेछ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

कुम्भः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । हरेक कामप्रति चनाखो हुनु पर्नेछ ।

मीनः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन कार्य सहज रहने देखिन्छ । प्रियजनसँग भेटघाट हुनेछ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस