भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघ्यो

फाइल फाेटाे

१असोज, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस