रोल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि 

१असोज, रोल्पा । रोल्पामा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। थबाङ गाउँपालिकामा कार्यरत २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको गाउँपालिकाले बताएको छ।

गाउँपालिकाको ३ र ४ नम्बर वडामा कार्यरत स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना भाइरस देखिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ९१ जनाको पिसिआर परिक्षण गरिएकोमा २ जनाको रिर्पोटमा पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले जनाएका छन् ।

कोरोना रिर्पोट पोजेटिभ आएका दुबै जनालाई लिबाङ स्थित अस्थायी आइसोलेसन केन्द्रमा पठाउने तयारी भइरहेको थबाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्तीले बताएका छन् ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस