वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित

फाइल फाेटाे

१असोज, काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनीत भएका छन् ।

उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । त्यसको चार दिनपछि राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस