
१असोज, काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको
सपथ ग्रहण गरेका छन् ।
उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सपथ ग्रहण गराएका हुन् ।
गौतमलाई राष्ट्रियसभा सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मनोनीत गरेकी थिइन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।
प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार