१असोज, काडमाठौँ । काठमाडौं उपत्यकामा थप ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५ सय ७ जना संक्रमित थपिएका छन् । ललितपुर ६१ र भक्तपुरमा ५० जना कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।