३१ भदौ, रोल्पा । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति रोल्पाको प्रथम लिबाङ बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक अर्जुन डाँगीको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकले विभिन्न निर्णय गर्नुका साथै नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन–प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख नेपबहादुर ओली र केन्द्रीय महिला विभाग तथा प्रदेश समितिका सदस्य श्रीकुमारी रोकालाई बधाई तथा सम्मान गरेको छ ।
प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार