
२असोज,काडमाडौँ । काठमाडौं उपत्यकामा निरन्तर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । आज एकै दिन ८ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ६ सय ९८ जना संक्रमित थपिएका छन् । ललितपुर ७९ र भक्तपुरमा ८२ जना कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।
आज देशभर ११ हजार ४ सय ५८ जनाको परीक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरका विभिन्न आइसोलेसन र अस्पतालबाट थप ८ सय ८८ जना निको भएर डिस्चार्ज भएका छन् ।
आजसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६१ हजार ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४३ हजार ८ सय २० संक्रमित निको भएका छन् भने १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेको र उनीहरू संस्थागत तथा होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।