अखिल नेपाल महिला संघ रुन्टीगढीको भेला सम्पन्न

२असोज, रोल्पा । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ रुन्टीगढी गाउँपालिकाको भेला शनिबार होलेरीमा सम्पन्न भएको छ ।

खीमा घर्तीको अध्यक्षतामा भएको भेलामा एमाले रोल्पाका अध्यक्ष बालराम बुढाको प्रमुख आथित्यता, एमाले लुम्बिनी प्रदेश सदस्य तथा अनेमसंघ रोल्पाकी पूर्व अध्यक्ष ईश्वरी जिएम, एमाले रोल्पाका जिल्ला सचिवालय सदस्य तथा रुन्टीगढी अध्यक्ष गोपाल डाँगी, जिल्ला सदस्य तथा रुन्टीगढी सचिव गणेश गिरी र अनेमसंघ लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रुन्टीगढी गाउँपालिका उपाध्यक्ष छमाया पुन आथित्यता रहेको थियो ।

रविना बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दीपा घर्तीले गरेकी थिए ।

शनिबार सम्पन्न भेलाले रविना बुढाको अध्यक्षतामा २७ सदस्य अनेमसंघ रुन्टीगढीे गाउँपालिका कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा सीता बुढाथोकी, सचिवमा नवीना घर्ती, उप–सचिवमा रमिता वि.क. सदस्यहरुमा कविता पुन, चन्चली वि.क., अमृता बुढामगर, कमला पुन लगायतका रहेका छन् ।

नवगठित कमिटिलाई एमाले लुम्बिनी प्रदेश सदस्य तथा अनेमसंघ रोल्पाकी पूर्व अध्यक्ष ईश्वरी जिएमले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस