अखिल नेपाल महिला संघ रुन्टीगढीको अध्यक्षमा बुढा

२असोज, रोल्पा । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ रुन्टीगढी गाउँपालिकाको रविना बुढा चयन भएकी छन् ।

शनिबार सम्पन्न भेलाले बुढाको अध्यक्षतामा २७ सदस्यीय रुन्टीगढीे गाउँपालिका कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा सीता बुढाथोकी, सचिवमा नवीना घर्ती, उप–सचिवमा रमिता वि.क. सदस्यहरुमा कविता पुन, चन्चली वि.क., अमृता बुढामगर, कमला पुन लगायतका रहेका छन् ।

नवगठित कमिटिलाई एमाले लुम्बिनी प्रदेश सदस्य तथा अनेमसंघ रोल्पाकी पूर्व अध्यक्ष ईश्वरी जिएमले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन ।

 

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस