२असोज, रोल्पा । रोल्पामा आत्महत्या रोकथामको लागि सचेनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

विहान साढे सात बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट सचेतनामुलक ब्यानर, प्लेकार्ड सहित लिबाङ बजार परिक्रमा गरेको थियो ।बजार परिक्रमा पश्चात रोल्पा उद्योग वाणिज्य संघको सभाहलमा हलमा एक कार्यक्रमका गरी जिल्लामा आत्महत्याको अवस्था, समस्या, रोकथामका लागि गरिनुपर्ने पहल लयागतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरक्षक प्रकाश भुसालले जिल्लामा आत्महत्याको अवस्था, चुनौती र रोकथामका उपाय लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांक अनुसार गत तीन वर्षमा २२४ जनाले आत्महत्या गरेका छन् । भने यो वर्ष साउनदेखि यता मात्र १३ जनाले आत्महत्या गरेका छन् ।

निमित्त प्रमुख अधिकारी ध्रुवप्रसाद कोईरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधी,पत्रकार,  विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, आमा समूहहरु, लगायतको सहभागिता रहेकाे थियो ।