३असोज, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

शनिबार भारतमा ९२ हजार ७८९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ५ हजार ४५७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ५ हजार २०१ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १४ हजार ६४९ जनाको उपचार भइरहेको छ ।