त्रिवेणी गाउँपालिका अध्यक्ष वलीद्वारा संविधान दिवसको शुभकामना

३असोज, रोल्पा । रोल्पाकाे त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले संविधान दिवसको अवसरमा  शुभकामना दिएका छन्।

संविधानको परिकल्पना अनुरुप देशले संघीयता प्राप्त गरेसँगै सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पुगेको समेत उनलेले स्मरण गरेका छन्।

‘नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले स्थानीय तहमार्फत सबै जनतालाई बलियो बनाएको– वलीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ। संविधानको प्रभावकारी कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय आकांक्षा साकार तुल्याउन र स्थानीय सरकारलाई थप बलियो र प्रभावकारी बनाउँन सबैले प्रेरणा प्राप्त गर्नुपर्ने बताएका छन्।

अध्यक्ष वलीले संविधानको मर्म अनुसार कुनैपनि नेपालीले धर्म, जात, वर्ग, भाषा वा अन्य कुनै विभेद सहनु नपरेको उल्लेख गरेका छन्। उनले संघीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले दिएको जनअधिकार पुरा गर्ने दिशामा त्रिवेणी स्थानीय सरकार दृृढताको साथ अघि बढीरहेको समेत जनाएका छन्।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस