३ असोज, रोल्पा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ रोल्पामा पनि मनाइएको छ ।
जिल्ला समन्वय समिति रोल्पाको आयोजना गरेको दिवसमा प्रभातफेरी सहित दिवस मनाएको हो ।
संविधान जारी भएको ९ वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा जिल्ला समन्वय समिति रोल्पाले विभिन्न कार्यक्रम सहित भव्यताका साथ दिवस मनाएको हो ।

संविधान दिवसमा जनप्रतिनिधि, राजनीति दल, विद्यार्थी लगायत सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी सहभागी थिए ।

संविधान दिवसको अवसरमा बुधबार रोल्पा अस्पताल रेउघाका विरामीलाई समेत फलफुल वितरण गरिएको थियो ।
त्यसैगरी ञसंविधान र मेरो कर्तव्यझ विषयमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको जिल्ला समन्वय समिति रोल्पाले जानकारी दिएको छ ।


प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार


