
५असोज,काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३ हजार ८०० मा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार ३ लाख १२ हजार ४३ र शनिबार ३ लाख १५ हजार ९१९ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्वमा हालसम्म ९ लाख ५४ हजार ४१७ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ५ हजार ६२० संक्रमितको मृत्यु भएको छ ।
संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार