
४ असोज, रोल्पा । नेपाली काँग्रेस निकट नेपाल सांस्कृतिक महासंघ परिवर्तन गाउँपालिका रोल्पाको अध्यक्षमा मुना रोकामगर चयन भएकी छन् । सांस्कृतिक महासंघ परिवर्तन गाउँपालिकाको पुतलाचौरमा सम्पन्न प्रथम अधिवेशनले मुना रोकामगरलाई अध्यक्षमा चयन गरेको हो ।
आधिवेशनले महासङ्घको उपाध्यक्षमा सुरेश वली, सचिवमा आरती बुढा, कोषाध्यक्षमा सावित्री विक र सहसचिवमा सर्मिला रोकालाई चयन गरेको छ । अधिवेशनले मुनाको अध्यक्षमा २३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
अधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका पूर्व जिल्ला सचिव झक्कु प्रसाद घर्तीमगर, पूर्व जिल्ला सहसचिव दीपक श्रेष्ठ, महाधिवेसन प्रतिनिधि गणबहादुर घर्तीमगर, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खड्का घर्तीमगर, उपसभापति राम बहादुर रोका र नेपाल सांस्कृतिक महासंघ रोल्पाका अध्यक्ष सागरबाबु पुन लगायतले मन्तव्य राखेका थिए ।
नेपाल सांस्कृतिक महासंघ रोल्पाकी सदस्य एवं परिवर्तन गाउँपालिका संयोजक दिपा थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल सांस्कृतिक महासंघ रोल्पाका सदस्य भानुभक्त सन्न्यासीले गरेका थिए ।