थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

६असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर गर्दा १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । त्यस्तै, मंगलबार ८ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

योसहित संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिले देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस