२४ घण्टामा विश्वमा थपिए २ लाख २२ हजारमा कोरोना संक्रमित

७असोज,काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख २२ हजार २५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो अघिल्लो दिनको तुलनामा कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको थियो ।

विश्वमा हालसम्म ९ लाख ६२ हजार ६१३ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ३ हजार ७४९ संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस