भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९० हजार पुग्यो

७ असोज, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस