आज असोज ८ गते बिहीबार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७, असोज ८ गते बिहीबार

मेषः दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । दानपुण्य गरिनेछ । अरुबाट सहयोग पाइन्छ । स्वास्थ्य सबल रहनेछ ।

वृषः दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।

मिथुनः दिन अत्युत्तम छ । कामप्रति जोश जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ मनोरञ्जन गरिनेछ ।

कर्कटः दिन अनुकूल छ । शत्रु परास्त हुनेछन् । शरीर सबल रहनेछ । ठूलो याजनाको काम हात लाग्नेछ । मन रमाउनेछ ।

सिंहः दिन लाभदायक नै छ । महŒवपूूर्ण काम गरिनेछ । आफन्तबाट सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।

कन्याः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । गलत सङ्कतको प्रभाव पर्नसक्छ खर्चमा वृद्धि हुनेछ ।

तुलाः दिन उत्तम छ । आटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ ।

वृश्चिकः दिन सार्थक नै छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । बोलीवचनमा प्रभाव बढ्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ ।

धनुः दिन भाग्यवर्धक छ । मनोबल उच्च रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । कार्य सम्पादनमा गति थपिनेछ ।

मकरः दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । काममा व्यवधान आउनेछ । मन डराउन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।

कुम्भः दिन अनुकूल छ । आयआर्जन विद्याबुद्धि बढ्नेछ । महिलाका तर्फका सहयोग मिल्नेछ मन प्रसन्न हुनेछ ।

मीनः दिन उत्तम छ । आटेको काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम हुनेछ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस