
८असोज, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख २५ हजार २९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार १६५ संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ६७ हजार १६४ संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार