विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ९ लाख ६७ हजार नाघ्यो

काठमाडौं । विश्वामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ६७ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ६७ हजार १६४ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड १४ लाख २५ हजार २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४६ हजार १६५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस