८असोज,काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढीरहेको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ८९ हजार ६ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसरी भारतमा संक्रमितको संख्या ५७ लाख ३० हजार १ सय ८४ जना पुगेको छ ।
त्यस्तै भारतमा एकैदिन कोरोना संक्रमणबाट ११ सय ५२ जनाले ज्यान गुमाएका छन् ।
यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ हजार १ सय ७३ पुगेको छ ।
भाारतटमा संक्रमित ४६ लाख ७१ हजार ८ सय ५० जना उपचारपछि निको भएका छन् भने ९ लाख ६७ हजार १ सय ६१ जना उपचाररत छन् ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार