८असोज,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका छन् ।
मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेका बेला दुई अध्यक्षको भेट भएको हो ।
भेटमा पार्टीको आन्तरिक गतिविधिसँगै मन्त्रिमण्डल पुनर्गठनका विषयमा पनि कुराकानी हुने बताइएको छ ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार