
८ असोज, बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तु ११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको हो ।
३ असोजमा अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचारमा राखिएको थियो ।
स्थिति जटिल बनेपछि बिहीबार बिहान ती महिलालाई भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार