२०७७, असोज ९ गते शुक्रबार
मेषः दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । शरीर पनि तन्दुरुस्त रहनेछ ।
वृषः दिन प्रतिकूल रहनेछ । आटेको काममा व्यवधान आउनेछ । आफन्तमा मन मुटाव हुनसक्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।
मिथुनः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय बढ्नेछ ।
कर्कटः दिन उत्तम रहनेछ । आटे ताकेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । बौद्धिक काम गरिनेछ । मावली पक्ष सहयोगी रहनेछ ।
सिंहः दिन ठिक रहनेछ । मनमा चिन्ता कम हुनेछ । कामप्रति जाँगर बढ्नेछ । बौद्धिक काम हुनेछ । पढाइले गति लिनेछ । प्रतिस्पर्धामा काम बन्नेछ ।
कन्याः दिन प्रतिकूल रहनेछ । आटेको काममा बाधा उत्पन्न हुनेछ । ससाना समस्याले पिरोल्न सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।
तुलाः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।
वृश्चिकः दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार गरिनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ ।
धनुः दिन भाग्योदयकारक रहनेछ । जागिरमा नयाँ अवसर मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । मन रमाउनेछ । पढाइले गति लिनेछ ।
मकरः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । विरोधीदेखि सावधान रहनु बेस हुनेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु राम्रो हुनेछ ।
कुम्भः दिन सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । नवीन आयस्रोत खुल्नेछ । मनमा प्रसन्नता छाउनेछ । विद्याबुद्धि बढ्नेछ ।
मीनः दिन अनुकूल रहनेछ । मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यक्रम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।