
९असोज,काठमाडौं । विश्वमा एकैदिन तीन लाख बढीमा संक्रमण देखिएको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ७ हजार ९ सय ५९ जनामा संक्रमण देखिएको छ ।
यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार ८ सय २७ पुगेको छ ।
त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ५ हजार ७ सय ८२ जना संक्रमितको मृत्यु भएको छ ।
यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार ६६ जना पुगेको छ ।
संक्रमित दुई करोड ३९ लाख ४ हजार ६ सय ८७ जना संक्रमित उपचारपछि निो भएका छन् ।
प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार