
९असोज,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ५०८ कोरोना संक्रमित थपिएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ हजार १४९ पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२९ संक्रमितको ज्यान गएको छ ।
भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।
भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पुरानै अवस्थामा सञ्चालमा छन् ।
प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार