आज बढ्यो सुनचाँदीको मूल्य

९असोज,काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर छापावाला सुनको भाउ आज (बिहीबार) तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिंजो तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रति तोला ९३ हजार ४०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ आज ४० रुपैयाँले बढेर तोलामा ११ सय ६० रुपैयाँ कारोबार भैरहेको छ ।

बिहीबार चाँदी तोलामा ११ सय २० रुपैयाँ कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस