२०७७ असोज १० गते शनिबार
मेषः दिन अनुकूल रहनेछ । मुख्य काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । मान सम्मान तथा पुरस्कार पाइनेछ ।
वृषः दिन राम्रो रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । धर्मकर्मतिर मन जानेछ । दानपुण्य गरिनेछ । स्वास्थ्य अनुकूल हुनेछ ।
मिथुनः दिन प्रतिकूल रहनेछ । काममा सचेतताको खाँचो पर्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । नियमित कामलाई ध्यान दिनु पर्नेछ ।
कर्कटः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय बढ्नेछ ।
सिंहः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । शारीरिक सबलतामा वृद्धि हुनेछ । मनोबल बढ्नेछ । दीर्घकालीन काम हुनेछ ।
कन्याः दिन लाभदायक नै रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धामा काम बन्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ ।
तुलाः दिन प्रतिकूल रहनेछ । खर्र्चको मात्रा बढ्नेछ । ठूलो लागनीको काममा हात नहाल्नु बेस हुनेछ । अपव्य हुनेछ ।
वृश्चिकः दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । यश, कीर्ति मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ ।
धनुः दिन सार्थक रहनेछ । बोलीचनमा प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । प्रशस्त सहयोग पइनेछ ।
मकरः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । पढाइ लेखाइमा रूचि बढ्नेछ । मन प्रसन्न रहनेछ ।
कुम्भः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।
मीनः दिन उत्तम खालको रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । मन प्रसन्न हुनेछ । जाँगर बढ्नेछ ।