रोल्पाको दश स्थानीय तह मध्य सुनिलस्मृति गाउँपालिका पनि एक हो । यस गाउँपालिकाको केन्द्र रोल्पाको प्रमुख व्यापारिक केन्द्र सुलिचौरमा रहेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) बाट मणिराम बुढाथोकी निर्वाचित भए । अध्यक्षमा निर्वाचित भइसकेपछि अहिलेसम्म गाउँपालिकाको विकास लगायतका क्षेत्रमा भएका गतिविधि र आगामी योजनाबारे अनलाइन साझा लागि मिनराज रोकाले गरेको कुराकानीको सम्पादित अंश :-
१.गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अहिलेसम्म गाउँपालिकामा के–के काम गर्नुभयो ?
म सुनिलस्मृति गाउँपालिका अध्यक्षमा निर्वाचन भए पश्चात समग्रमा धेरै कामहरु सम्पन्नस र क्रमागत रुपमा सञ्चा लन भई रहेको छ । विभिन्न गौरवका आयोजनाहरु सञ्चालनमा आएका छन् । त्यसमा पनि धेरै लामो प्रयास गर्दा पनि जग्गा अभावका कारण बन्न नसकेको गाउँपालिका स्तरीय १५ शैया अस्पतालको जग्गा प्राप्तीम प्रकृयाको अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको आफ्नै प्रशासकीय भवन यसै आर्थिक वर्षसम्म सम्पन्न हुदै छ । विभिन्नि वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवनहरु क्रमागत रुपमा निर्माण हुँदैछन् भने कति हस्तान्तरण भैसकेका छन् ।
सडक सञ्जाभलहरु १२ महिना सञ्चाुलनमा आएका छन् । विभिन्न सडकहरु स्तरोन्नती तथा किमिचौर घोडगाउँ हुँदै सुर्पाल जोड्ने मोटरबाट यसै आर्थिक वर्षमा कालोपत्रे हुँदै छ ।
सामाजिक सुरक्षा भत्ता वस्तीस्तरबाट वितरण कार्य भैरहेको छ ।ट्राफिक व्यवस्थापनमा क्रमश सुधार भई रहेको छ ।स्थानीय पाठ्यक्रम, डिजिटल प्रोफाइल र गाउँपालिकालाई आवश्यक विभिन्न १२ वटा कानुन निर्माण तथा ३ वटा कानुन संशोधन, नियमित सार्वजनिक सुनुवाई लगायत इत्यादी कामहरु भएका छन् ।
२. स्वास्थ्य, शिक्षा र कृषिमा के–कस्ता काम भएका छन् ?
गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी अभाव रहेका संस्थाहरुमा करारमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको छ, भने लोकसेवा आयोगमा पनि स्वास्थ्यकर्मी माग गरीएको छ । स्वास्थ्य चौकी देखि टाढा रहेका वस्तीहरुमा आधारभूत स्वास्थ्य ईकाई केन्द्र स्थापना गरी जनताको घरदैलोबाट सेवा प्रदान गरीएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा वृद्ध बुबाआमाहरुको स्वास्थ्य परीक्षण कार्यक्रम अगाडि बढाइएको छ । आधारभूत स्वास्थ्य केन्द्र गजुल काभ्रा, तेबाङ स्वास्थ्य चौकी र अरेश स्वास्थ्य चौकीको भवन निर्माण भैरहेका छन् ।
विद्यालय देखि टाढा रहेका बस्तीहरुमा बालविकास केन्द्र स्थापना, विद्यालयहरुमा कक्षा थप शिक्षक विद्यार्थीको अनुपातमा विद्यालयहरुमा गाउँपालिका अनुदानको व्यवस्था विद्यालयका भौतिक संरचनाहरु निर्माण, नियमित विद्यालय अनुगन जस्ता कामहरु भैरहेका छन् ।सबै विद्यालयहरुमा ईन्टरनेटको पहुँच पुर्यामइएको छ ।
३. गाउँमा रोजगारी पाइँदैन भन्दै युवा पलायनको समस्या छ, यस्लाई रोक्न गाउँपालिकाले के गरी रहेको छ ?
एकदमै गम्भिर प्रश्न गर्नुभयो । यो हाम्रो पालिकाको मात्र समस्या नभएर देशकै समस्याको रुपमा मैले हेरेको छु । वैदेशिक पलायनलाई गाउँपालिकामै रोक्नका लागि विभिन्न प्रकारका योजनाहरु बनाएर कामहरु भैरहेका छन् । जस्तै सामूहिक कृषि, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १०० दिने रोजगार तथा गाउँपालिकाबाट सञ्चालन हुने हरेक प्रकारका योजनाहरुमा प्रत्यक्ष उपभोक्ता लाभान्वित हुने गरी उपभोक्ताहरुबाट काम गरी ठूला प्रकारका मेशिनहरुको प्रयोगमा रोक लगाइ रोजगार दिई पालिकामा रोक्ने प्रयासहरु गरिएको छ । अझै मेरो लक्ष्य सवै युवाहरुलाई पालिकामै रोक्नु थियो तर सिमित श्रोतले गर्दा मैले सोचेजस्तो कार्यक्रमहरु अगाडि बढाउन सकिरहेको छैन । मेरो प्रयास युवाहरुलाई पालिकामै रोक्न निरन्तरता रहेको छ ।
४. सेवा प्रवाहमा सहजता र सुशासनको क्षेत्रमा के के काम हुँदै छन् ?
संविधानको मर्म अनुसार जनताकै घरदैलोबाट जनताले सेवा पाउनु पर्छ भनेजस्तै त्यस तर्फ हामी धेरै सजक र चिन्तित छौँ । त्यसै अनुसार बस्ती स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ५ लाख भन्दा कमका योजनाहरु वडाबाटै सम्झौताका लागि वडा सचिवलाई अख्तियारी प्रदान गरिएको छ ।
गाउँपालिकामा हेल्प डेक्स, सोधपुछ कक्ष लगायत निर्माण गरी सेवाग्राहीलाई सहज बनाउने कार्य भैरहेको छ । अध्यक्षसँग प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुसँग प्रमुख प्रशासकीय अधिकृतबाट कार्यसम्पादन करार संझौता गरी काम प्रति सम्पूर्ण कर्मचारीहरुलाई सचेत बनाएका छौँ । भने सोही अनुसार चौमासिक र वार्षिक रुपमा कार्यसम्पादनका आधारमा कर्मचारीलाई सम्मान गर्ने गरेका छौँ यसले सेवा प्रवाह र सुशासनका क्षेत्रमा लाग्न प्रेरीत गरेको छ ।
५. तपाई गाउँपालिकामा पर्यटकीय सम्भावना बोकेको गाउँपालिका पनि हो, पर्यटन प्रवर्धन गर्न केके छन् योजना /काम के-के गर्नुभयो ?
हो, हाम्रो गाउँपालिका पर्यटकीय सम्भावना बोकेको गाउँपालिका हो । हामिले नीतिगत रुपमै बोलेका पनि छौँ । पर्यटन क्षेत्रलाई अगाडि बढाउने भनेर घोडागाउँको रेडस्वल पार्क, खुङ्ग्रीको त्रिपुरेश्वरी मन्दिर, कोइराल खर्कको भगाने गुफा, गजुलको गजुलकोट दरवार, तेबाङको बृहत राज्य पोखरी, लिस्ने सहिद स्तम्भ लगायतका क्षेत्रहरुलाई पर्यटनको रुपमा अगाडि सार्दै पर्यटकीय संरचनाहरु निर्माण समेत गरिरहेका छौ ।
६. मतदातासँग निर्वाचनका बेला गरिएका प्रतिबद्धता कति पुरा गर्नुभयो ?
म निर्वाचनमा होमिदै गर्दा जनतामाझ राखेको प्रतिवद्धताहरु क्रमश पुरा हुँदै छन् । म हिजोका दिनहरुमा पनि जनतासँगै रहेर काम गर्दै आएको हुदाँ मैले धेरै ठूला एजेन्डाहरु राखेन । किनकी मैले गर्न सक्ने काम र जनताको आवश्यकता नजिकबाट बुझेको थिए । सोही अनुसारनै मैले मेरा चुनावी घोषणा–पत्र सार्वजनिक गरेर अहिले उक्त घोषणा पत्रमा उल्लेख भएका कामहरु क्रमश पुरा गर्दै अगाडि बढिरहेको छु र पुरा समेत गर्छु ।
७. अहिलेसम्म आउँदा खेरी कस्ता खालका चुनौती तथा समस्याको सामना गर्नुप¥यो ?
जनताको काम गर्नकै लागि म यहाँ आएको हुदाँ त्यति धेरै चुनौति र समस्याहरु मैले देखेको छैन । दैनिक क्रियाकलापहरु जनतासँगै रहदा अत्यन्तै खुसि भएको छु । तर जनताहरुको चाहाना हरेक प्रकारका कामहरु छिटो र छरितो होस् भन्ने हुन्छ । तर कुनैकुनै कामहरु कानुनी जटिलताले गर्दा समयमै नहुदाँ छिटो गर्न सकियोस् भन्ने लाग्छ र सिमित बजेटहरुमा जनताको धेरै अपेक्षा पुरा गर्न नसक्नु मेरा लागि केहि चुनौति र समस्या हुन कि भन्ने लाग्छ ।
८. गाउँपालिकाको आन्तरिक स्रोतसाधन के–के छन् र त्यसको परिचालन कसरी भई रहेको छ ?
गाउँपालिकाको त्यति धेरै आन्तरीक श्रोत छैन तर जति छ त्यो सवै जनताको काममा नै प्रयोग गर्दै आएका छौ । आन्तरीक श्रोतको मुख्य मुख्य श्रोत भनेको नदि जन्य पदार्थ, घरनक्सा अभिलेखिकरण र विभिन्न प्रकारका सिफारीसहरु रहेका छन् ।
९. संघ र प्रदेश सकारसँगको समन्वय कस्तो छ ?
हाम्रो गाउँपालिका संघ र प्रदेशसंगको समन्वय अति सुमधुर रहेको छ । संघ र प्रदेशबाट हुने हरेक प्रकार निर्देशन र परिपत्रहरुलाई एकदमै आत्मसाथ गर्दै पुर्ण रुपमा पालना गरेका छौँ। हाम्रो अभिभावक भनेकै संघ र प्रदेश सरकार भएको हुदाँ हाम्रा हरेक समस्या र चुनौतिका विषय र मागहरुको अनुरोध संघ र प्रदेश सरकारसँग राख्दै आएका छौ, र सम्बोधनहरु पनि हुने गरेका हुदाँ मैले संघ र प्रदेश सरकारसँगको सम्बन्ध प्रगाढ रहेको विश्वास लिएको छु ।
१०. आगामी चार वर्षमा के कस्ता कामलाई प्राथमिकतामा राख्नु हुन्छ ?
हामी राजनितिककर्मीहरुलाई जनता र जनताको समस्याका विषयहरुमा अलि बढि थाहा हुने र समस्या समाधान तत्काल गरी हाल्ने भन्नेहुन्छ । अझ मेरो झन पहिलेदेखिकै बानी हो । म निर्वाचित भएर आएको केहि समय मलाई सरकार सञ्चालन सम्बन्धी प्रशासनीक कुराहरु बुझ्न समय लाग्यो । मैले माथिनै भनेको छु हामीले केही कानुनहरु निर्माण गरेका छौँ । काममा सहजता ल्याउन ती कानुनहरुले उल्लेख मात्रामा सहयोग पुर्याौइ रहेको छ ।
अबको प्राथमिकता भनेकै नितान्त जनतासँग सरोकार राख्ने कार्यक्रमहरु सञ्चालन गर्ने र पूर्वाधार तर्फ अलि देखिने गरीनै गौरवका आयोजनाहरु सञ्चालन गर्ने गरी प्राथमिकतामा राखेको छु । कतिपय गौरवका आयोजनाहरु सञ्चालन समेत गरीसकेका छौँ । त्यसता प्रकारका गौरवका आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएर अगाडि बढिरहेका छौँ ।जनतालाई स्थानीय सरकार हामिसँगै छ, भन्ने गरीनै काम अगाडि बढाउने छु ।