जनएकता सहकारीको १३ औँ वार्षिक साधारणसभा सम्पन्न

१२ असोज, रोल्पा । जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सुलिचौर रोल्पाको १३ औँ वार्षिक साधारणसभा शनिबार सुलिचौरमा सम्पन्न भएको छ ।

रोल्पाको सुलिचौरमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले सहकारी क्षेत्रमा देखिएको विकृतीलाई चिर्दै सहकारी सञ्चालन गर्नुपर्ने बताए ।

उनले देशको वर्तमान अवस्थालाई मध्यनगर गर्दै सहकारी सञ्चालकहरुले त्यस खालको अवस्थालाई सामना गदै अघि बढ्ने पर्ने बताए । सहकारी सञ्चालनहरुले सहकारी सम्बन्धी बनेका नियमको पूर्ण पालना गर्दै काम कारबाहीलाई अगाडी बढ्न बुढाथोकीले बताए ।

त्यस्तै सुलिनस्मृति गाउँपालिका ३ का वडा अध्यक्ष दुर्गाबहादुर विष्टले सरकारीहरू सरकारको नीति–नियम अनुसार चल्न आवश्यक रहेको बताए ।

सहकारी संघसंस्थाले देशको आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको उनले बताए । सहकारीले गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउँदै सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरुले सहकारी संस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

सो सहकारी संस्थाका अध्यक्ष आकाश गिरीले संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए । सहकारीले उत्कृष्ट बाल बचत कर्ताका रुपमा सिमाङ्कन सिंह, उत्कृष्ट ऋणी सदस्यको रुपमा पुना गिरी र उत्कृष्ट नियमित बचत कर्ताको रुपमा फारमन विष्टलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

सहकारीका स‌चालक समितिका सदस्य शान्तिदेवि सुनारको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभामा जिल्ला सहकारी संघ रोल्पाको सचिव फतेप्रचण्ड घर्ती, जनकल्याण बतच तथा ऋण सहकारी संस्था लि‍.का अध्यक्ष केशरकुमार विष्ट, चेतना बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष दिपेश विष्ट, सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि. रुईनिबाङका सचिव अमृत घर्ती क्षेत्री, नागरकि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रकाश घर्तीमगर लगायतले शुभाकामना मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस