
२०७७ असोज १५ बिहीबार
मेष : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला थपिनेछ । जग्गा जमिन सम्बन्धी काममा व्यवधान आउनेछ ।
वृष : दिन अनुकूल रहनेछ । आय आर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । व्यवहारमा सरलता आउनेछ । मनमा सन्तोष मिल्नेछ ।
मिथुन : दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक दायित्व वहन गरिनेछ । दीर्घकालीन कामको सोच हुनेछ ।
कर्कट : दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । अरूबाट सहयोगको अपेक्षा गर्नु बेस हुनेछ । शरीर पनि तन्दुस्त रहनेछ ।
सिंह : दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । सामाजिक सद्भावमा आँच आउनसक्छ। प्रत्येक काममा सावधानीको खाँचो पर्नेछ ।
कन्या : दिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।
तुला : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । मावलीतिरबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मनोबल बढ्नेछ ।
वृश्चिक : दिन उचित खालको रहनेछ । मनमा चिन्ता कम हुनेछ । प्रतिस्पर्धामा काम बन्नेछ । बुद्धिविवेक व्रिmयाशील रहनेछ ।
धनु : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
मकर : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ ।
कुम्भ : दिन उत्तम रहनेछ । आर्थिक र मौखिक पक्ष सबल हुनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । स्वास्थ्य पनि तन्दुरुस्त हुनेछ ।
मीन : दिन भाग्यवर्धक रहनेछ । बौद्धिकताको कदर हुनेछ । निकै महत्वपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।