
१५असोज, काठमाडौँ । काठमाडौं उपत्यकामा एकै दिन ९ सय ४३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९ हजार ४३ जनामा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ८ सय १७ जना संक्रमित थपिएका छन् । ललितपुरमा ६९ र भक्तपुरमा ५८ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार