मुसालाई गोल्ड मेडल !!

तपाईंले अहिलेसम्म मानिसले गोल्ड मेडल पाएको देख्नु वा सुन्नु भएको होला । कसैले पढाईमा, कसैले रोजगारीमा त कसैले कुनै आविस्कारमा गोल्ड मेडल पाउने गर्दछन् । तर के तपाईंले कहिल्यै मुसाले गोल्ड मेडल पाएको देख्नु वा सुन्नु भएको छ ?

बेलायतमा एक मुसालाई मानिसको ज्यान बचाएको भन्दै गोल्ड मेडलद्धारा सम्मानित गरिएको छ । बेलायतको भेटरिनरी चैरिटी गर्ने संस्था पीडीएसएले एक अफ्रीकी मुसा मगावालाई उसको बहादुरी र कर्तव्य प्रति समर्पण भन्दै स्वर्ण पदकद्धारा सम्मानित गरेको हो ।

एपीओपीआद्वारा प्रशिक्षित मगावाले कम्बोडियामा ३९ बारूदी सुरंग र २८ विस्फोटक पत्ता लगाएको थियो । अहिलेसम्म यस अवार्डद्धारा कुल ३० पशुलाई सम्मानित गरिएको छ । जसमा मगावा पहिलो मुसा हो ।

मगावालाई हीरो र्याट (मुसा नायक) उपाधीद्धारा सम्मानीत गरीएको हो । मगावाले आफ्नो ७ बर्षे कार्यकालमा ३९ लैण्डमाइन्स पत्ता लगाएको छ । जसलाई पत्ता लगाएसँगै नष्ट गरियो ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस