१६असोज, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४४ लाख ६३ हजार ९३० पुगेको छ ।

कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख २७ हजार ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ हजार ८३१ जनाको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ५६ लाख ४७ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ८९ हजार २६५ छ। त्यसमध्ये ६६ हजार ८४ जना गम्भीर अवस्थाका छन् ।

यसै गरी अमेरिकामा संक्रमितको संख्या ७४ लाख ९४ हजार ९७ पुगेको छ भने भारतमा ६३ लाख ९१ हजार ९६० पुगेको छ ।

ब्राजिलमा संक्रमितको संख्या ४८ लाख ४९ हजार २२९ छ।

पछिल्लो २४ घण्टामा तीन लाख १३ हजार ३६९ संक्रमित थपिएका हुन् ।