
१६असोज,काठमाडौं । प्रदेश नम्बर ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको प्रदेश सरकारको बैठकले प्रदेश नं ५ को स्थायी राजधानी बारे निर्णय गरेको हो।
दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको छ।
यसअघि बुटवल र दाङमध्ये कहाँ स्थायी राजधानी बनाउने भन्नेबारे चर्चा हुँदै आएको थियो।
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार