प्रदेश ५ को स्थायी राजधानी भालुवाङ र नाम लुम्बिनी

१६ असोज,काठमाडौँ । प्रदेश ५ को नाम लिम्बनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताव छ ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस