कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

१७ असोज, काठमाडौं । कोरोना भाइसर संक्रमण भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ ।

शुक्रबार दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लगिएको हो ।

ह्वाइट हाउसले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य सावधानीको लागि उनलाई अस्पताल लगिएको जनाएको छ ।

अहिले ट्रम्प वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ ।

अहिले उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको सीएनएनले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो ।

समाचारमा उल्लेख भए अनुसार ट्रम्प चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य सावधानी अपनाएर अस्पताल बस्नेछन् । उनले अस्पतालबाटै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले सामान्य तरिकामा वार्षिक स्वास्थ्य परीक्षण यही अस्पतालमा गराउँदै आएका थिए ।

सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्पको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

मिडियासँग कुरा गर्दै ट्रम्पले आफू अस्पताल जान लागेको र आफ्नी श्रीमतीको अवस्था सामान्य रहेको जानकारी दिँदै आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन्।

यो पनि पढ्नु होस्ः

डोनाल्ड ट्रम्प र मेलानीयालाई कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस