त्रिवेणीको वार्षिक समीक्षा सम्पन्न

रोल्पा । त्रिवेणी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरको छ । मङ्गलवार एक कार्यक्रमका बीच गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा भएको कार्यक्रममा बिभिन्न शाखाका प्रमुख, वडाका सचिवहरूले गत वर्ष गरेको वार्षिक प्रगति प्रस्तुत गरेका थिए  ।

गाउँपालिकामा गत वर्ष ६८ करोड ११ लाख ६५ हजार सात सय ४०.५५ रुपैयाँ बिनियोजन भएको थियो । ८४.१८ प्रतिशत खर्च भएको  थियो । जसमा पुँजीगततर्फको ८०.९५ प्रतिशत र चालुतर्फको ८६.१५ प्रतिशत रकम  खर्च भएको त्रिवेणी गाउँपालिका सूचना अधिकारी भरत डि.सीले जानकारी दिए।

पालिकाको कुल बजेट मध्ये ३ करोड ४४ लाख ७८ हजार ९ सय खर्च नभएर फ्रिज भएको  छ । पालिकामा सञ्चालन भएको ३६७ वटा योजना र कार्यक्रमहरू मध्ये ३६३ वटा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्रका योजनाहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने पालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले बताए। उनले आगामी दिनहरूमा सबैको सल्लाह अनुसार काम गर्ने र विगतका कमी कमजोरीलाई सुधार्दै लैजाने पनि बताए ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लेखमणी डाँगी, प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई , वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य ,कर्मचारी लगायतको उपस्थिति रहेको थियो  । 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस