गंगादेव गाउँपालिकाका पूर्व उपाध्यक्ष सहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

रोल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व उपाध्यक्ष रीता घर्ती र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव सहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सोलार पम्पिङ खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । गंगादेव गाउँपालिका वडा नं‍.२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।

खानेपानी निर्माण योजनाको लागि आ।व। २०७६÷०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार गरी रकम विनियोजन भएको थियो ।

रकम विनियोजन भएपछि उपभोक्ता समितिसँग सम्झौता भई उक्त योजनाको काम भएको थियो । वास्तविक कामभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन तयार गरी भुक्तानी गरेको अख्तियारको निष्कर्ष छ ।

गाउँपालिकाले ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा भुक्तानी दिई गैरकानूनी हानिनोक्सानी पु¥याउने बदनियतले उपभोक्ता समितिलाई भुक्तानी दिने–लिने कार्य गरे–गराएको पुष्टि भएको अख्तियारको आरोप छ।

अख्तियारले पूर्व उपाध्यक्ष घर्ती र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव सहित तत्कालीन योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सबइन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी छन् ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस