
२२ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार