रोल्पा आईटीएफ तेक्वान्दो संघद्वारा प्रशिक्षक नियुक्ति

२२ असोज,रोल्पा । रोल्पा आईटीएफ तेक्वान्दो संघले प्रशिक्षक नियुक्त गरेको छ ।  जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा दीपक विकलाई प्रशिक्षकमा नियुक्ति हो। संघले प्रशिक्षकलाई मासिक पारिश्रमिक दिने गरि वि.क.लाई नियुक्ति गरिएको रोल्पा आई.टी.एफ टेक्वान्दो संघका अध्यक्ष विक्रम बाँठामगरले बताएका छन् ।

विकमा गोवा आईटिएफ टेक्वान्दो एकेडेमीमा २ वर्ष प्रशिक्षको रुपमा काम गरेको अनुभव छ । उनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै पदक विजेता समेत हुन । उनले तेरौ साउत एन्ड वयस्त भारत आमन्त्रित आईटीएफ तेक्वान्दो च्याम्पियनसिप मा (५१-५७) के जि समूहमा तेस्रो स्थान प्राप्त गरेका थिए भने चौथो दक्षिण एसियायी आईटीएफ तेक्वान्दो च्याम्पियनसिप मा प्रथम स्थान हात पारेका थिए । त्यसै गरि पाचौं दक्षिण एसियायी आमन्त्रित आईटीएफ तेक्वान्दो च्याम्पियनसिप २०१६ मा (५१-५७) तौल समूहमा दोस्रो स्थान हासिल गरेका विक राष्ट्रिय रेफ्री समेत हुन ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस