भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो

२३ असोज, काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ८२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५५४ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस