विश्वमा ३ लाख ३८ हजारमा कोरोना संक्रमित थपिए

२३असाेज,काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ७७९ कोरोना संक्रमित थपिएका छन् ।

यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो २४ घण्टामा विश्वमा २ लाख ७१ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

सोही अवधीमा ५ हजार ५१४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४९ हजार ८१० पुगेको छ ।

संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ ।

याे पनि पढ्नुहाेस् :

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस