२०७७ असोज २५ गते देखी कार्तिक १ गतेसम्मको साप्ताहिक राशिफल

मेषः आम्दानीको स्तर बढ्नाले कारोबारमा सफलता एवं घरायसी विवाद कम हुने । मुद्दा मामिला टुंगिने एवं आपसी वैमनस्यतामा मैत्री भाव आउनेछ । कला संगीत एवं ध्यान साधनामा प्रगति मिल्नेछ । अध्ययनमा सामान्य प्रगति हुनेछ । सन्तानसँग भेटघाट एवं आर्थिक अवस्था सुध्रिनेछ । घरबाट बाहिरको काम बन्ने एवं यात्रामा खर्च हुनेछ ।

वृषः आपसी सरसल्लाह नमिल्नाले व्यक्तिगत काममा बाधा आउनेछ । साताको शुरुमा घरायसी विवाद आउनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । मित्रतामा बाधा आउने एवं माया प्रेममा मनमुटाव हुनेछ ।

मिथुनः साथीभाइ एवं दाजुभाइको सहयोगमा सामुहिक काम बन्नेछ । भोगविलास एवं खानपानमा खर्च बढी हुनेछ । नयाँ काममा जोश र जाँगरले प्रगति मिल्नेछ । रोजगारीमा बढी जिम्मेवारी थपिनाले व्यक्तिगत काममा बाधा आउनेछ । छोटो यात्रा हुनेछ । व्यापार व्यावसायमा फाइदा एवं काममा जिम्मेवारी थपिनेछ ।

कर्कटः नयाँ सरसामानमा खर्च हुने तथा छोटो यात्राको सुख मिल्नेछ । दिदीबहिनी तथा आफन्तबाट धनको सहयोग हुनाले घरायसी काम बन्नेछ । वैवाहिक कुराले स्थान पाउनेछ । आफन्तको सहयोग मिल्नाले पुरानो व्यवहार मिल्नेछ । मिठो बोलीले काममा राम्रो प्रभाव पर्नेछ । धनको सुख मिल्ने एवं सम्पत्तिको कारोबार बढ्नेछ ।

सिंहः मनोरञ्जनमा खर्च हुने तथा नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ नाता गाँसिने तथा वैवाहिक सुख मिल्नेछ । साथीभाइसँग घुमघाममा समय र पैसा बढी खर्च हुनेछ । पारिवारिक काममा व्यस्तता बढ्नेछ । भोग विलास एवं सावरी साधनमा खर्च बढ्नेछ । आफन्तको सहयोगले सानोतीनो व्यवहार टर्नेछ ।

कन्याः परिवारजनसँग रमाइलोमा खर्च बढ्ने एवं भोजभतेर रमाइलो हुनेछ । साताको अन्त्यमा भने व्यवसायमा आम्दानी बढ्ने एवं लगानीका राम्रो प्रतिफल आउनेछ । महत्वपूर्ण सरसामान हराउन सक्नेछ । अनावश्यक ठाउँमा खर्च बढ्नेछ । साथीभाइसँग रमाइलो एवं खानपिनमा पैसा बढी जानेछ । सरसामान हराउन सक्ने एवं व्यवसायमा घाटा हुन सक्नेछ ।

तुलाः विद्याध्ययन रुचि हुने तथा कला, साहित्य, संगीतमा पहिचान मिल्नेछ । आम्दानीको स्तर बढ्ने एवं धनसम्पत्तिको सहयोग मिल्नेछ । मित्र एवं नातागोताबाट सहयोग हुनेछ । सोचेको एवं आँटेको कुरामा सफलता मिल्नेछ ।

वृश्चिकः सरकारी क्षेत्र तथा विशिष्ट व्यक्तिहरुबाट प्रशंसा मिल्नेछ । काममा जस मिल्नाले प्रतिष्ठा कायम हुनेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा धनको कारोबार बढ्नेछ । पारिवारिक प्रेममा प्रगति हुने एवं वैदेशिक धनको सुख मिल्नेछ । शैक्षिक कार्यमा प्रगति र व्यस्तता बढ्नेछ । जिम्मेवारीमा काम थप हुनेछ । ठुलाबडाको सहयोगले अड्केको काम अगाडि बढ्नेछ । राजनीतिक पहिचान मिल्नेछ ।

धनुः ठूलावडासँग भेटघाट एवं सामाजिक काममा मन जानेछ । काममा प्रशंसा मिल्नाले पदोन्नतीको सम्भावना देखिन्छ । परोपकार तथा दान, धर्म, पुण्य कर्ममा समय व्यतित हुनेछ । विदेशबाट सहायता मिल्ने एवं यात्राको सुख मिल्नेछ । सामाजिक एवं सामुहिक काममा जिम्मेवारी बढ्नेछ । धर्म कर्ममा रुचि जाने एवं धार्मिक यात्रा हुनेछ ।

मकरः स्वास्थ्यमा सामान्य समस्या आउनेछ । काममा झन्झट मिल्ने एवं शुरु गरेको काम बीचमा रोकिनेछ । समझदारीमा बाधा आउने तथा योजना विफल हुनेछ । नोकरी रोजगारीमा आरिस गर्नेले समस्या दिन सक्नेछन् । कामबीचमा रोकिनाले आर्थिक घाटा व्यहोर्नु पर्नेछ ।

कुम्भः साथीभाइसँग रमाइलो एवं धार्मिक यात्रा हुनेछ । प्रेममा प्रगति एवं वैवाहिक जीवनमा खुशी प्राप्त हुनेछ । साझेदारी काममा फाइदा आउन थाल्नेछ । वैवाहिक कुरा अगाडि बढ्ने एवं प्रेममा मिठो व्यवहार मिल्नेछ । पारिवारिक भेटघाट एवं यात्राको अवसर बन्नेछ ।

मीनः स्वास्थ्यमा सुधार हुने एवं मित्रता बलियो बन्नेछ । कुटुम्ब भेटघाट एवम पारिवारिक भोजभतेरमा सहभागिता मिल्नेछ । खेलकुद एवम सांगितिक क्षेत्रमा प्रगति हुनेछ । साझेदारी लगानीमा फाइदा, व्यापार व्यवसायमा नाफा एवं साथी भाइको भेटघाटमा खर्च बढ्नेछ । विरोधी पक्षबाट भय एवं समस्या कम हुनेट । वादविवाद एव प्रतिष्पर्धामा जित हासिल हुनेछ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस